PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

माओवादीलाई समर्थन फिर्ता लिन ओलीको चुनौती, 'समर्थन फिर्ता लिए राजीनामा आइहाल्छ'



पहिलोपोस्ट

माओवादीलाई समर्थन फिर्ता लिन ओलीको चुनौती, 'समर्थन फिर्ता लिए राजीनामा आइहाल्छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन्। उनले माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन चुनौती दिँदै समर्थन फिर्ता लिए राजीनामा आउने बताएका हुन्।

बालुवाटारमा आयोजित १६५ निर्वाचन क्षेत्रको रणनीतिक सडकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजीनामाको कुरा गरेका हुन्।

'समर्थन फिर्ता लिइदेउ न भन्छु समर्थन फिर्ता लिदैनन्। प्रधानमन्त्रीको राजीनामा आज मागेको हो र मागेपिच्छे मैले कसरी राजिनामा दिन्छु।समर्थन फिर्ता लेउ न राजीनामा आइहाल्छ,' ओलीले भने।

उनले ढिलोचाँडो ताजा जनादेशमा गएर संसदमा अंकगणित कायम गर्नुपर्ने समेत बताए। देशको हितका लागि अंकगणित बनाउनुपर्ने उनको भनाई छ। 

'संसद यस्तै हो। कहिल देशको आवश्यकता संसदको भएन। कृत्रिम ढंगले मानिसहरु अंकगणित यताबाट उता उताबाट यता सारिदिन्छन्। त्यहाँ अनुपयुक्त ढंगले आकार लिइरहेको छ। त्यसका आधारमा संसदको अंकगणित ताजा जनादेशमा जानुपर्छ। कसैको स्वार्थ केन्द्रित होइन। देशको आवश्कता अनुसारको अंकगणित बनाउनुपर्छ। कानुन बनाउन सक्ने थलोलाई देशको आवश्यकता अनुसार लानुपर्छ। म्यानेज गर्नपर्छ,' उनले भने।

प्रतिनिधिसभा केही व्यक्तिको स्वार्थमा चलेको भन्दै ओलीले पहिला प्रतिनिधिसभा विघटन गर्नुको अर्थ देश हितमा अंकगणित बनाउनु भएको दाबी गरे।

'विभिन्न स्वार्थअनुरुप गयो भने ताजा जनादेशमा जानुपर्छ। यदी गणितले देशको आवश्यकता बुझ्दैन भने यो त जनताले फैसला गर्ने कुरा हो। जनतामा जानुपर्छ। हामीले विघटन गरेको त्यस अर्थमा हो,' उनले भने,'फेरी पनि ढिलो चाँडो ताजा जनादेशमा जानुपर्ने हुन्छ। राष्ट्रिय आवश्कता अनुसारको अंकगणित बनाउनुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell