PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

किशोरी बलात्कार गरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

किशोरी बलात्कार गरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ

वीरगंज : बारा प्रहरीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार, मोतिहारी जिल्ला थाना आदापुर औरहियाको जमुनभरा घर भई हाल धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखुमा बस्दै आएका २५ वर्षीय सन्तयाज हवारी रहेका छन्।

उनले धादिङको गजुरीकी १५ वर्षीया किशोरीलाई कोठाभित्र पसेर जबरजस्ती करणी गरी फरार रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गजुरीबाट प्राप्त सूचनाको आधारमा खोजी गर्ने क्रममा बाराको देवताल गाउँपालिका वडा नम्बर ७ पिपरपातीमा लुकीछिपी बसीरहेको अवस्थामा हवारीलाई बारा प्रहरीले फेला पारेको हो।

पक्राउ परेका हवारीलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गजुरी पठाइएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell