PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

वेस्टब्रुमसँग चेल्सी घरेलु मैदानमा स्तब्ध



पहिलोपोस्ट

वेस्टब्रुमसँग चेल्सी घरेलु मैदानमा स्तब्ध
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी रेलिगेसन जोनको वेस्टब्रुमसँग पराजित भएको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा पहिलो हाफमा १० खेलाडीमा समेटिएको घरेलु टोली चेल्सी वेस्टब्रुमसँग ५-२ गोलअन्तरले पराजित भएको हो।

खेलको २७ औं मिनेटमा क्रिस्टियन पुलिसिकको गोलमा अग्रता बनाएको चेल्सीका थिएगो सिल्भा २९ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिएका थिए। वेस्टब्रुमका कोस्टा परेइराले पहिलो हाफको इन्ज्युरी समयमा दोहोरो गोल गर्दा पहिलो हाफमा चेल्सी २-१ ले पछि रह्यो।

दोस्रो हाफमा कलुम रोबिन्सले वेस्टब्रुमका लागि गोल थपे। यता चेल्सीका म्यासन माउन्टले ७१ औं मिनेटमा गोल गरे। त्यस्तै एमबाए डिएग्नेले ६८ औं र रोबिन्सले अतिरिक्त समयमा गोल गर्दा वेस्ट ब्रुमले ५-२ को सानदार जित निकाल्यो।

घरेलुमैदानमा लज्जास्पद हार ब्यहोरेको चेल्सीले तेस्रो स्थानको लेस्टरसिटीसँग अंकदुरी घटाउने अवसरबाट चुक्यो। उता १९ औं स्थानमा रहेको वेस्टब्रुम जितका बावजुत रेलिगेसन जोनमै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell