PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

रियल मड्रिड शीर्ष दुईमा



पहिलोपोस्ट

रियल मड्रिड शीर्ष दुईमा
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले इबरमाथि जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले इबरमाथि २-० को जित निकालेको हो।

खेलको ४१ औं मिनेटमा घरेलु टोलीले अग्रता बनाएको थियो। कासेमिरोको पासमा मार्को एसेन्सिओले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले रहेको रियलका लागि दोस्रो हाफमा करिम बेञ्जेमाले अर्को गोल थपे। उनले खेलको ७३ औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गरे। र, घरेलु टोलीले २-० को जित निकाल्यो।

जितसँगै रियल शीर्ष दुईमा प्रवेश गरेको छ। रियलले २९ खेलबाट ६३ अंक जोडेको छ भने शीर्षस्थानको एट्लेटिकोले २८ खेलबाट ६६ अंक जोडेको छ।

त्यस्तै गएराति नै सम्पन्न अन्यखेलहरुमा भिल्ला रियलले ग्रानडामाथि ३-० को जित निकाल्दा ओसासुना र गेटाफे गोलरहित बराबरीमा रोकिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell