PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

३४ वर्षपछि सोसिडाडले जित्यो कोपा डेल रे को उपाधि



पहिलोपोस्ट

३४ वर्षपछि सोसिडाडले जित्यो कोपा डेल रे को उपाधि

रियल सोसिडाडले कोपा डेल रे को उपाधि जितेको छ। स्टेडियो डे ला कार्टुजामा सम्पन्न खेलमा एथ्लेटिक बिल्बाओमाथि संघर्षपूर्ण जित निकाल्दै सोसिडालले २०१९/२० को सिजनको उपाधि जितेको हो।

सोसिडाडको जितमा ३४ वर्षे मिकेल ओयारजवालले निर्णायक गोल गरे। भिएआरमार्फत रिभ्युपछि पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै गोल गरे। सोसिडाडको जितमा उनको गोल निर्णायक रह्यो। र, १-० ले जित निकाल्दै सोसिडाडले उपाधि उचाल्यो।

त्यस्तै गएरातिको खेलमा पराजय ब्यहोरेको बिल्बाओले अप्रिल १७ मा २०२१/२१ को सिजनको कोपा डेल रे कै फाइनलमा बार्सिलोनाको सामना गर्दैछ। बिल्बाओले पनि ३७ वर्षयता यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell