PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नेइमारलाई रेडकार्ड, पीएसजी पराजित



पहिलोपोस्ट

नेइमारलाई रेडकार्ड, पीएसजी पराजित
Photo: Reuters

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेनलाई हराउँदै लिल्ल तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजीलाई १-० गोलअन्तरले हराउँदै लिल्ल तालिकाको शीर्षस्थानमा पुगेको हो।

लिल्लको जितमा जोनाथन डेभिडले निर्णायक गोल गरे। २० बर्षे डेभिडले खेलको २० औं मिनेटमा गोल गरेका थिए। खेलको अन्तिम समय तनावपूर्ण रह्यो। पीएसजीका नेइमारले लिल्लका डिफेन्डर टिएगो जालोलाई धक्का दिएपछि तनाबको स्थिति बनेको थियो। त्यसपछि दुबै खेलाडी रेडकार्ड ब्यहोर्दै बाहिरिए।

जितसँगै लिल्ल शीर्षस्थानमा उक्लिएको छ। शीर्षस्थानमा रहेको लिल्लको ६६ अंक छ भने दोस्रो स्थानमा रहेको पीएसजीको ६३ अंक छ। दुबै टिमले समान ३१ खेल खेलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell