PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

ललितपुर मेयर कपमा आज दुई खेल: एपीएफलाई सुदूरपश्चिमको चुनौती



पहिलोपोस्ट

ललितपुर मेयर कपमा आज दुई खेल: एपीएफलाई सुदूरपश्चिमको चुनौती

काठमाडौं: ललितपुर मेयर महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ। यी दुबै टोलीले शनिवार सम्पन्न पहिलो दिनको खेलमा जित निकालेका थिए। एपीएफले प्रदेश १ लाई र सुदूरपश्चिमले ललितपुर मेयर्स ११ लाई हराएका थिए। पहिलो खेल ९ बजे सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा ललितपुर मेयर्स ११ लुम्बिनी प्रदेश प्रतिस्पर्धा गर्नेछन्। ललितपुर मेयर्सले हिजोको खेलमा सुदूरपश्चिमसँग ७ विकेटको पराजय ब्यहोरेको थियो। लुम्बिनीले भने प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दै छ। खेल दिउँसो १ बजे सुरु हुनेछ।

प्रतियोगितामा पाँचवटा टिम सहभागी छन्। एउटा टिम ललितपुर मेयरको र बाँकी चार टिम प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा पुगेका चार टिमहरु एपीएफ, प्रदेश १, सुदूरपश्चिम र लुम्बिनी प्रदेश रहेकाछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell