PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

यात्रुबाहक बसको प्यासेजमा फेला परेको कार्टुनभित्र ४३ लाख रुपैयाँ!



पहिलोपोस्ट

यात्रुबाहक बसको प्यासेजमा फेला परेको कार्टुनभित्र ४३ लाख रुपैयाँ!

काठमाडौंः प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले शनिवार राति नागढुंगाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँ फेला पारेपछि ती व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा २ नागढुंगास्थित चेक प्वाईन्टमा दाङ तुलसीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश नम्बर ३ -०१-००-६ ख ०९१२ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक गर्दा रकम फेला परेको प्रहरीले जानकारी दिएको छ।

बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा कार्टुन टेपले पुरै र्‍यापिङ गरिएको कार्टुन अवस्थामा फेला पारी हेर्दा कार्टुनभित्र हरियो रङको छड्के तिलहरीको पोते ९ थान र रकम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिए।

कार्टुनभित्र हजार दरका उनन्चालीस सय थान र पाँच सय दरको आठ सय थान गरी जम्मा त्रिचालीस लाख फेला परेको प्रहरीले जानकारी दिएको छ।

रकम दाङ तुलसीपुर उप-महानगर पालिका वडा नम्बर ५ घर भएका ३७ वर्षीय सन्दीप कौशलको रहेको भन्ने खुलेको उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। तर उनले रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell