PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

रातिको समयमा चिनियाँ नागरिकको कोठामा गएर हतियार देखाएर लुटपाट गरेको अभियोगमा चार जना समातिए



पहिलोपोस्ट

रातिको समयमा चिनियाँ नागरिकको कोठामा गएर हतियार देखाएर लुटपाट गरेको अभियोगमा चार जना समातिए

काठमाडौं : चिनियाँ नागरिकको कोठामा लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले विभिन्न मितिमा चार जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएका २८ वर्षीय फूलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ,  २८ वर्षीय बुद्ध तामाङ र २८ वर्षीय रोशन लामालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिए।

उनीहरूले चैत १६ गते राती काठमाडौं महानगरपालिका वडा नम्बर २६ ठमेलमा डेरा गरी बस्दै आएका चिनियाँ नागरिकको कोठामा मुकुन्डो लगाएर प्रवेश गरी हतियार देखाएर रकम तथा धनमाल लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

उनीहरूले कोठामा प्रवेश गरी चिनियाँ नागरिकका श्रीमती र सालाहरूलाई हतियार देखाएर रकम लुटेका थिए। पीडित पक्षले २० लाख रुपैयाँ, सुनका केही गहना लुटिएको उजुरी दिएका थिए। प्रहरीले पक्राउ परेका अभियुक्तको साथबाट ७ लाख ९२ हजार रुपैयाँ, तिलहरी एक थान, बच्चाको सुनको बाला, कानमा लगाउने सुनको रिङ, सुनको औँठी समेत बरामद गरेको जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell