काठमाडौँः प्रहरीको आँखा छल्न तस्करहरूले विभिन्न तरिका अपनाउने गरेका छन्।
लागु औषध तस्करीहरूले ग्यासभित्र लागु औषध राखेर कारोबार गर्ने गरेको खुलेको छ। चैत २० गते दिउँसोको समयमा काठमाडौं दक्षिणकाली नगरपालिका वडा नम्बर ५ फर्पिङमा प्रहरीले चेक गर्दा ग्यासभित्र लागु औषध फेला परेको हो।
वीरगन्जबाट काठमाडौँ आउँदै गरेको वा ३७ प ७१३७ नम्बरको मोटरसाइकल चेक गर्दा मोटरसाइकल पछाडि बसेका व्यक्तिले बोकेको जेब्रा झोलाभित्र रहेको ग्यासको सिलण्डरमा लागु औषध फनारगन, डाइजपाम र निर्फीन फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिए। आगुऔषध कारोबारको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
उनीहरूले सिलिन्डरको मुनिको भाग काटेर सिलिन्डर भित्र लागु औषध राखेर काठमाडौं ल्याएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
