PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

बालचित्रकारका पुस्तक 'करण र कार्टुन' सार्वजनिक



पहिलोपोस्ट

बालचित्रकारका पुस्तक 'करण र कार्टुन' सार्वजनिक

काठमाडौं : बालचित्रकार द्वय आश्रिती श्रेष्ठ र समीर कोजूको पुस्तक सार्वजनिक भएको छ। उनीहरुको बालचित्र पुस्तक 'करण र कार्टुन'को संस्कृतिविद् सत्यमोहन जोशी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति केके कर्माचार्यले विमोचन गरेका हुन्। बालबालिकामा प्रविधिको लतले पार्ने असरबारे  चित्रपुस्तकले प्रस्ट्याएको छ।

पुस्तक सार्वजनिक सँगै बबरमहलस्थित आर्ट काउन्सिलमा आश्रितीका चित्रहरुको एक दिवशीय प्रदर्शनी पनि आयोजना गरिएको थियो। उनले दुई वर्षको उमेरदेखि नै चित्र बनाउँदै आएकी छिन्।

करण र कार्टुन चित्रकथा चाहिँ बाल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell