PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

दुई अर्ब रुपैयाँ ठगी गरेको आरोपमा गुडविल सहकारीका अध्यक्ष चितवनबाट समातिए



पहिलोपोस्ट

दुई अर्ब रुपैयाँ ठगी गरेको आरोपमा गुडविल सहकारीका अध्यक्ष चितवनबाट समातिए

काठमाडौं : रकम हिनामिना गरेर फरार रहेका ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले अध्यक्ष दिवाकर श्रेष्ठलाई पक्राउ गरेको हो। परिसरको टोलीले फरार रहेका श्रेष्ठलाई चितवनमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको परिसरका एसएसपी किरण बज्रचार्यले जानकारी दिइन्।

'दुई अर्ब बराबरको ठगीको उजुरीमा खोजी भइरहेको थियो। पक्राउ गरेर काठमाडौं ल्याएका छौं,' एसएसपी बज्राचार्यले भनिन्।

ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले  जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell