PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

सुदूरपश्चिमलाई हराउँदै एपीएफको लगातार दोस्रो जित, ज्योति पाण्डेको अर्धशतक



पहिलोपोस्ट

सुदूरपश्चिमलाई हराउँदै एपीएफको लगातार दोस्रो जित, ज्योति पाण्डेको अर्धशतक
तस्बिरहरु क्यान

काठमाडौं: ललितपुर मेयर महिला च्याम्पियनसिप टी २० क्रिकेट प्रतियोगिताको आज सम्पन्न पहिलो खेलमा विभागीय टोली एपीएफले सुदूरपश्चिम प्रदेशमाथि जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिममाथि ३७ रनले जित निकालेको हो।

जारी प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जित हो। टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले २ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम प्रदेश १९ औं ओभरको समाप्तिमा ९० रनमा समेटियो।

एपीएफको जितमा ज्योति पाण्डेले अर्धशकीय पारी खेलिन्। उनले ५० बलमा ७ चौकाको सहायतामा ५९ रन जोडिन्। त्यस्तै सरिता मगर ३५ रनमा अभिजित रहँदा कप्तान सीता राना मगरले १६ रन जोडिन्। बलिङतर्फ सुदूरपश्चिमकी सुनिता लोहार र कविता जोशीले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि सुनिता लोहारले सर्वाधिक २३ रन बनाउँदा डोली भट्टले १६ रन र रेवती धामीले १२ रन जोडे। सुदूरपश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन बिनु बुढाले सर्वाधिक ३ विकेट लिँदा सुमन विस्ट र सीता राना मगरले समान २/२ विकेट लिए। त्यस्तै रेखा रावल र सुस्मा श्रेष्ठले समान १/१ विकेट लिए।

आजै हुने दोस्रो खेलमा ललितपुर मेयर्स ११ लुम्बिनी प्रदेश प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell