PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

ट्राइनेशन्स सिरिजका लागि क्लोज क्याम्पमा २० खेलाडी बोलाइयो, २४ गतेबाट प्रशिक्षण सुरु



पहिलोपोस्ट

ट्राइनेशन्स सिरिजका लागि क्लोज क्याम्पमा २० खेलाडी बोलाइयो, २४ गतेबाट प्रशिक्षण सुरु
फाइल फोटो

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा वैशाख ४ गतेबाट सुरु हुने ट्राइ नेसन सिरिजका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।

२४ गतेबाट सुरु हुने बन्द प्रशिक्षणमा खेलाडीहरु बोलाइएको क्यानले जनाएको छ।

प्रतियोगितामा नेपालसहित मलेसिया र नेदरल्याण्डले प्रतिस्पर्धा गर्नेछन्। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगिताका सबै खेल टीयू क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ। प्रतियोगिता डबल राउण्ड रोबिनको आधारमा हुनेछ।

यी हुन् क्लोज क्याम्पमा बोलाइएका खेलाडी

ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल,लोकेश बम, कमल सिंह ऐरी, सुशन भारी, शाहब आलम, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ, ललितनारायण राजवंशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell