PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

पछिल्लो २४ घण्टामा १ सय ७६ जनामा कोभिड १९ सङ्क्रमण



पहिलोपोस्ट

पछिल्लो २४ घण्टामा १ सय ७६ जनामा कोभिड १९ सङ्क्रमण

काठमाडौः पछिल्लो २४ घण्टामा देशभर १ सय ७६ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ सय ७६ जनामा कोभिड १९ पोजेटिभ भएको हो। यही अवधिमा १ सय १७ जना कोभिड मुक्त भएका छन्। कोभिड सङ्क्रमण भएका कुनै पनि मानिसको २४ घण्टाको अवधिमा मृत्यु भने भएको छैन।

अहिलेसम्म देशभर २ लाख ७७ हजार ९ सय ४४ जना मानिसमा कोभिड पोजेटिभ देखिएको छ। सङ्क्रमण पुष्टि भएका ३ हजार ३२ जनाको ज्यान गइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell