PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

ओली समूहले एकता नमाने पार्टी निर्माण गर्ने साहस गर्नुपर्छ : झलनाथ खनाल



पहिलोपोस्ट

ओली समूहले एकता नमाने पार्टी निर्माण गर्ने साहस गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको समूहले एकता नमाने आफूहरुले पार्टी निर्माण गर्ने साहस गर्नुपर्ने बताएका छन्। काठमाडौंको बुद्धनगरमा आयोजित काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रममा नेता खनालले नेकपा एमालेको नवीन संस्करण बनाउन सक्नुपर्ने बताएका हुन्।

नेता खनालले एमालेभित्रको लडाइँ सही र गलतबीचको लडाइँ भएको बताएका छन्। उनलेले एमालेमा दुई समूह रहेको भन्दै एक क्रान्तिकारी र अर्को दक्षिणपन्थी भड्काउ समूह भएको बताए।

उनले भने, ‘छैटौं महाधिवेशनपछि व्यापक गुटबन्दी शुरु भयो। ९ औँ महाधिवेशनमा पनि केपी ओलीको गुटबन्दी जारी रह्यो। दक्षिणपन्थी भड्काउमा ओलीको गुटबन्दी अग्रसर भयो। ९ औँ महाधिवेशनमा ओलीले पार्टीको नेतृत्व कब्जा गर्न सफल भए।’

केपी ओलीले केही पुँजीपतिलाई बालुवाटार बोलाएर पार्टीको सदस्य बनाएको भन्दै उनले उनीहरु के सदस्य हुन योग्य थिए भन्दै प्रश्न गरे।

जनवादले मात्र वर्ग भेद अन्त्य गर्न नसकिने भन्दै नेता खनालले त्यसको लागि समाजवाद चाहिने बताए।

सरकारको नीति तथा कार्यक्रम कसले बनायो भन्ने कुरा नेकपा (एमाले) र केन्द्रीय कमिटिलाई थाहा नभएको उनको भनाइ छ। देशमा एक पछि अर्को भ्रष्टाचारका काण्ड आएको उनको आरोप छ।

‘सुखि नेपाली। समृद्ध नेपालको नारा केपी ओलीको पेवा नारा होइन। हामी अगाडि बढाउँछौँ,’ उनले भने।

नेता खनालले काठमाडौंमा पीडित नेताहरुले अब मुक्ति पाउने बेला भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell