PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुदूरपश्चिममा भारतबाट फर्किएका तीन जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट, थप परीक्षण गर्न हङकङको भर



एम बम

सुदूरपश्चिममा भारतबाट फर्किएका तीन जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट, थप परीक्षण गर्न हङकङको भर

कैलाली : सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही सातायता कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। संक्रमण पुष्टि हुनेहरुमा कोभिड १९ को नयाँ भेरियन्ट समेत देखिएको पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीको त्रिनगर–गौरिफन्टा नाका हुँदै आएका तीनजनामा नयाँ भेरियन्टको कोरोना पाइएको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

भारतबाट आउनेहरूमा गरिएको परीक्षणमा केही व्यक्तिमा नयाँ भेरियन्ट देखिएको हो। भारतबाट आएका २० जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो। ती मध्ये तीनजनामा नयाँ भेरियन्ट देखिएको कैलालीका धनगढी स्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

‘डोटीको जोरायल गाउँपालिकाका एक जना, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक जना र डडेलधुराको परशुराम नगरपालिकाका एक जनामा गरी प्रदेशमा तीनजनामा नयाँ भेरियन्टको कोरोना पाइएको छ ।’ उनले भने, ‘पहिलेको भन्दा फरक भेरियन्ट त हो तर कुन भेरियन्ट भन्ने विषयभने पुष्ट हुन बांकी छ।’

उनीहरू तीनै जनाको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र तीनै जना सम्बन्धित स्थानीय तह मै पुगिसकेको उनले बताए।

कुन भेरियन्टको कोरोना हो भन्ने विषयमा हङ्कङमा मात्रै परीक्षण हुने भएकाले अहिले उक्त विषय टुङ्गो लागि नसकेको एक स्वास्थ्यकर्मीले बताएका छन्। तर प्रदेशमा अहिले सबै जना भारतबाट आएकाहरूमा मात्रै कोरोना देखिएकाले त्यहाँ फैलिएकै कोरोना हुन सक्ने आङ्कलन गरिएको छ।

त्रिनगर–गौरिफन्टा नाकाहुँदै आएकामध्य आइतबारसम्म १६६ जनाको रिपोर्ट पोजेटिभ आएको नाकामा सञ्चालित हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले बताए।

पछिल्ला दिनहरूमा आउनेको सङ्ख्या बढेसँगै परीक्षण बढाउँदै जाँदा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ। शनिवार ३५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने आइतबार ४५ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell