PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एएफसी कप खेल्न आइपुग्यो श्रीलंका पुलिसको टिम, र्‍याडिसन होटलमा रहने

एएफसी कप खेल्न आइपुग्यो श्रीलंका पुलिसको टिम, र्‍याडिसन होटलमा रहने

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : एएफसी कप खेल्न श्रीलंका पुलिस स्पोर्टिङ क्लबको टोली नेपाल आइपुगेको छ। श्रीलंकन टोलीलाई त्रिभुवन आर्मी फुटबल क्लबका अध्यक्ष लेफ्टिनेन्ट कर्णेण ब्रजेश महर्जनले स्वागत गरे।

नेपाल रहँदा श्रीलंकन खेलाडीहरु र्‍याडिसन होटलमा रहने नेपाल आर्मीले जनाएको छ।

आर्मीले खेलका लागि २० लाख खर्च हुने अनुमान गरेको छ। प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाले प्राविधिक रुपमा सहयोग गर्ने र साथै सहजीकरणका लागि सहयोग गर्ने बताइएको छ।

आर्मीले साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० मुल्य निर्धारण गर्ने तयारी अघि बढाएको छ। एसियन फुटबल कन्फिडरेसन एएफसीले भने ५० प्रतिशत दर्शक स्टेडियममा भित्र्याउने मिल्नेगरी अनुमति दिइएको बताइएको छ।

आर्मीले हाले २३ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको जनाएको छ। थ्री नेशन्स कप खेलेका राष्ट्रिय टोलीका खेलाडीमध्ये विकेश कुथु र भरत खवास आर्मीको टोलीमा छन्।

खेल चैत २५ गते बेलुकी साढे ५ बजे दशरथ रंगशालामा तय भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell