PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नरैनापुरको आगलागीमा परी घाइते भएकाको निःशुल्क उपचार गर्न सरकारलाई प्रचण्डको आग्रह



पहिलोपोस्ट

नरैनापुरको आगलागीमा परी घाइते भएकाको निःशुल्क उपचार गर्न सरकारलाई प्रचण्डको आग्रह

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदवामा शनिवार भीषण आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले आगलागीबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

उनले भनेका छन्, ‘यस गाउँपालिकाका विभिन्न वडाहरुमा विगत एक महिनामा ठूला आगलागीका घटनाहरु भएका छन्। नैरनापुरका बासिन्दाको मुख्य समस्या गरीबी र विपन्नता हो। घनाबस्ती र फुसका छाना भएका असुरक्षित आवासका कारण यहाँका बस्तीहरु बर्सेनी आगलागीको चपेटामा पर्ने गरेका छन्। यी बस्तीलाई सुरक्षित गर्ने दीर्घकालिन समाधानका लागि राज्यको विशेष ध्यान जान जरुरी छ।’

प्रचण्डले आगलागीका पीडितहरुको तत्काल उद्धार, राहत र पुनर्वास तथा घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारको लागि सरकारसँग आग्रह समेत गरेका छन्।

सुख्खायाममा नैरनापुर जस्ता देशका विभिन्न भागहरुमा आगलागी र डढेलो लाग्ने गरेको भन्दै उनले आगलागी र डढेलो नियन्त्रणका लागि तात्कालिन र दीर्घकालिन योजनासहित आवश्यक कदम चाल्न तीनवटै तहका सरकारसहित सम्बन्धित सबैलाई आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell