PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पत्रकार महासंघ पर्सामा ५९ जनाको उम्मेद्वारी, अध्यक्षमा त्रिपाठी र तिवारी भिड्ने



पहिलोपोस्ट

पत्रकार महासंघ पर्सामा ५९ जनाको उम्मेद्वारी, अध्यक्षमा त्रिपाठी र तिवारी भिड्ने

वीरगंज : नेपाल पत्रकार महासंघ पर्साको अगामी चैत २५ गते हुने निर्वाचनमा २६ पदका लागि ५९ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारी दर्ता गरी साँझ ६ बजे नामावली प्रकाशन गरिएको थियो।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ पत्रकार जगदीशप्रसाद शर्माका अनुसार २६ पदमा ५९ जनाको उम्मेद्वारी परेको छ। दलित सदस्यमा एकल उम्मेद्वारी परेकोले छेदीराम (सुवास) राम निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए।

त्यस्तै, अध्यक्ष पदका लागि अनुप तिवारी र त्रितेश त्रिपाठीको प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्षमा युवराज खड्का, राघव साह, शेखरबहादुर क्षेत्री (छतकुली)ले उम्मेद्वारी दर्ता गराएका छन्।

यसैगरी, महिला उपाध्यक्षमा शुष्मा शर्मा, निलिमा पौडेलको उम्मेद्वारी परेको छ भने सचिवमा भूषण यादव, क्रान्ति शाह, सहसचिवमा जीयालाल साह, मनोजकुमार पटेल र सुरेश विडारीको उम्मेद्वारी परेको छ।

यस्तै, समावेदशी सहसचिवमा जीतेन्द्र साह, अमितकुमार साह, कोषाध्यक्षमा संजीवकुमार मिश्र र निरज पिठाकोठे, महिला सदस्यमा कविता खडका, विमला गुप्ता, आदिवासी/जनजातिमा रश्मी राजभण्डारी र राम मण्डलको उम्मेद्वारी परेको छ।

मधेसी सदस्यको लागि हरिशंकर शर्मा, सन्तोष साह, तिवारी यादव तथा ६ पदको अन्य सदस्यको लागि १४ जनाको उम्मेदवारी परेको छ। जसमा हरिशंकर शर्मा, एसके चौरसिया, धनन्जय मिश्र, पुष्पराज तिमिल्सिना, श्याम कुशवाहा, धर्मेन्द्र चौरसिया, सफल खतिवडा, सोनम गौतम, इरफान अलि, समिना रञ्जितकार, नरेश सर्राफ, अजय चौरसिया, शम्भुकुमार सुमन साह, शेख मक्दुम जहाँगस्त रहेका छन्।

चार जना केन्द्रीय परिषद् सदस्यको लागि ८ जनाको उम्मेद्वारी परेको छ। जसमा रसना ढकाल, विजय कुशवाहा, विजय भण्डारी, महेशचन्द्र गौतम, रबिन्द्रबहादुर कार्की, कृष्णउदास खनाल, किरणराज पाण्डे, लालकिशोर सिंह रहेका छन्।

त्यस्तै, ९ पदको प्रदेश परिषद् सदस्यको लागि १६ जनको उम्मेद्वारी परेको छ। जसमा प्रकाश तिवारी, विनोद परियार, शिवशंकर साह, कृष्णकुमार खनाल, शेषमन पण्डित, विजय चौहान, कपिलदेव यादव, रामनारायण कुर्मी, दिपेन्द्र साह कानु, आशिक अन्सारी, निरन्जन मिश्र, प्रकाशकुमार साह, राम कुशवाहा, कन्हैया गुप्ता, रुस्तम अली, राजाकुमार पटेल रहेका छन्।

चैत २३ गते सोमवार बिहान १० बजेदेखि मध्यान्ह साँढे १२ बजेसम्म दावी विरोधको समय र दिउँसो २ बजेसम्म उम्मेद्वारी फिर्ताको समयतालिका रहेको छ। उम्मेद्वारहरुको अन्तिम नामावाली सोमवार अपरान्ह ४ बजे प्रकाशित गरिने निर्वाचन अधिकृत शत्रुघन नेपालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell