जनकपुरधाम : पत्रकार महासंघ धनुषाको नयाँ नेतृत्वका लागि ७ जनाले अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका छन्। अध्यक्ष पदमा श्रीनारायण साह, अर्जुन क्षेत्री, धर्वेन्द्र झा, नित्यानन्द मण्डल, राजन सिंह, मनिका झा र पुरन साहले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।
त्यस्तै, उपाध्यक्ष पदका लागि अवधेश कामत, बब्लु चौधरी र संजिवकुमार झाले उम्मेद्वारी दर्ता गराएका छन् भने महिला उपाध्यक्ष पदमा नेहा झा र प्रिती झाको उम्मेद्वारी परेको छ।
सचिव पदका लागि सुभाष कर्ण, अकुल प्रसाद साह र बटुकनाथ झाको उम्मेद्वारी परेको छ। सहसचिवमा जयन्त ठाकुर, निरंजनकुमार साह र प्रमोदकुमार साहले उम्मेद्वारी दर्ता गराएका हुन्।
कोषाध्यक्ष पदमा ३ जनाको उम्मेद्वारी परेको छ। जसमा विकासकुमार साह, दीपक कुमार मिश्र र रामकमल महतोले उम्मेद्वारी दर्ता गराएका हुन्।
सदस्यहरुमा ज्ञानेन्द्र ठाकुर, विनोदकुमार महतो, मिथुन साह, संजयकुमार झा, संतोषकुमार लाल कर्ण, राहुलकुमार सिंह, संजीव साह, ब्रह्मानन्द ठाकुर र नविनकुमार मिश्रको उम्मेद्वारी दर्ता भएको हो।
महिला सदस्यमा स्मिता झा निर्विरोध निर्वाचित भएका छन्। दलित सदस्य पदमा फुलगेनकुमार मुखिया र दिलीप दासले उम्मेद्वारी दर्ता गराएका छन्। आदिवासी जनजाती सदस्य पदमा अर्जुन मण्डल र रिता लामाको उम्मेद्वारी परेको छ।
केन्द्रीय परिषद् सदस्यमा वीरेन्द्रकुमार रमण र रेणु झा निर्विरोध निर्वाचित भएका छन् भने बाँकी केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यका लागि निर्वाचन हुनेछ।
नेपाल पत्रकार महासंघको यहि चैत २५ गते बुधवार पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीको आधारमा निर्वाचन हुन लागेको छ।
