PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब लिटरको १२० रुपैयाँ



पहिलोपोस्ट

निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब लिटरको १२० रुपैयाँ

काठमाडौं : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ।

त्यस्तै, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत राखिएको निगमले बताएको छ।

यसअघि निगमले चैत ३ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले फागुन १७ गते, फागुन ४ तथा माघ ६ र २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell