PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

पाँचौ राष्ट्रिय र्‍याफ्टिङ्ग च्याम्पियनसिप बैशाख ७ र ८ गते हुने



पहिलोपोस्ट

पाँचौ राष्ट्रिय र्‍याफ्टिङ्ग च्याम्पियनसिप बैशाख ७ र ८ गते हुने

काठमाडौं: नेपाल र्‍याफ्टिङ्ग एण्ड क्यानोईङ्ग संघको आयोजनमा नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय र्‍याफ्टिङ्ग च्यामिपयनसिप २०७८ बैशाख ७ र ८ गते हुने भएको छ।

सुस्ताएको खोलाका खेलको गतिबिधीलाई अगाडी बढाउनु पर्ने निर्णयका साथ च्याम्पियनसिप आयोजना गर्न लागिएको नेपाल र्‍याफ्टिङ्ग तथा क्यानोइङ्ग संघका महासचिव सुदीप गौतमले जानकारी दिए।

च्याम्पियनसिप त्रिसुली नदीमा आयोजना हुने छ। जसका लागि आयोजकले टिम दर्ताको लागि आह्वान गरेको समेत महासचिव गौतमले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell