PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको निधन



पहिलोपोस्ट

पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको निधन
photo : twitter.com/bishnurijal1

काठमाडौंः पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ।

कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

राणा २०४० साल जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए। उनका चार छोरी छन्। उनको पार्थिव शरीरलाई सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell