PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

केनको दोहोरो गोलका बावजुत बराबरीमा रोकियो टोटेनहम



पहिलोपोस्ट

केनको दोहोरो गोलका बावजुत बराबरीमा रोकियो टोटेनहम
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्सपर न्यु क्यासलसँग बराबरीमा रोकिएको छ। सेन्ट जेम्स पार्कमा सम्पन्न खेलमा टोटेनहम घरेलु टोली न्यु क्यासलसँग २-२ को बराबरीमा रोकिएको हो।

खेलमा जोइलिन्टनको गोलमा घरेलु टोलीले २८ औं मिनेटमा अग्रता बनाएको थियो। तर त्यसको त्यसको दुई मिनेट भित्रै टोटेनहमका ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै केनले नै ३४ औं मिनेटमा गोल थप्दा पहिलो हाफमा टोटेनहम २-१ ले अघि रह्यो। दोस्रो हाफमा पनि अधिकांश समय अगाडि रहेको टोटेनहम अन्तिम समयमा सम्हालिन नसक्दा अंक बाँड्न पुग्यो। खेलको ८५ औं मिनेट जोए विलकले घरेलु टोलीका लागि गोल फर्काए। र, खेल २-२ को बराबरीमा रोकियो।

बराबरीमा रोकिएसँगै टोटेनहमले चौथो स्थानको चेल्सीसँग अंक बराबरी गर्ने मौकाबाट चुकेको छ। ३० खेल खेलेको टोटेनहमले ४९ अंक जोडेको छ। त्यस्तै समान खेल खेलेको न्यु क्यासलले २९ अंक जोडेको छ।

आजै सम्पन्न अर्को खेलमा साउथह्याम्टनले बर्नलीमाथि ३-२ गोलअन्तरको जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell