PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

शीर्ष स्थानको एट्लेटिको मड्रिड पराजित



पहिलोपोस्ट

शीर्ष स्थानको एट्लेटिको मड्रिड पराजित
Photo : Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिड पराजित भएको छ। रामोन स्यान्चेज स्टेडियममा सम्पन्न खेलमा एट्लेटिको मड्रिड घरेलु टोली सेभियासँग पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सेभियाले ७० औं मिनेटमा अग्रता बनाएको थियो। सेभियाको जितमा निर्णायक गोल मार्कस अकुनाले गरे।

जारी सिजन ला लिगामा एट्लेटिकोको तेस्रो हार हो। एट्लेटिकोको पराजयले रियल मड्रिड र बार्सिलोनालाई उपाधि होड फाइदा पुग्ने छ। २९ खेल खेलेका एट्लेटिको मड्रिड र रियल मड्रिड क्रमश ६६ र ६३ अंक जोड्दै तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। त्यस्तै २८ खेल खेलको बार्सिलोना ६२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। एट्लेटिकोलाई हराएसँगै ५८ अंक जोडेको सेभिया तालिकाको चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell