PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग इपीएल अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटोनमाथि संघर्षपूर्ण जित निकालेको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले ब्राइटोनमाथि २-१ गोलअन्तरले जित निकालेको हो।

रोमाञ्चक खेलमा ब्राइटोनले अग्रता बनाएको थियो। खेलको १३ औं मिनेटमा डेन्नी वेलबेकले गोल गर्दा पहिलो हाफमा ब्राइटोन एक गोलले अघि रह्यो। दोस्रो हाफमा घरेलु टोलीका मार्कस रासफोर्डले खेल बराबरीमा ल्याए। उनले खेलको ६२ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै म्यासन ग्रिनउडले ८३ औं मिनेटमा गोल थपे। पउल पोग्बाको पासमा उनले गरेको गोल युनाइटेडको जितमा निर्णायक बन्यो।

जितसँगै युनाइटेड अंकतालिकाको दोस्रो स्थानमा कायम छ। युनाइटेडले ३० खेलबाट ६० अंक जोडेको छ। शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी युनाइटेड भन्दा १४ अंकले अगाडि छ। ३१ खेल खेलेको सिटीको ७४ अंक छ। त्यस्तै पराजयसँगै ३० खेल खेलेको ब्राइटोन ३२ अंकसहित १६ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell