PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

भक्तपुरमा चोरी गर्दै गर्दा समातिएका युवकलाई कुटेपछि मृत्यु,  कुट्ने पाँच जना समातिए



पहिलोपोस्ट

भक्तपुरमा चोरी गर्दै गर्दा समातिएका युवकलाई कुटेपछि मृत्यु,  कुट्ने पाँच जना समातिए

काठमाडौंः भक्तपुरमा चोरी गर्दा गर्दा समातिएका एक युवकलाई स्थानीयले कुटपिट गरेपछि मृत्यु भएको छ। कुटपिटपछि घाइते भएका युवक उपचारको क्रममा आइतबार भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

काभ्रेपलान्चोक घर बताउने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ शनिवार राति भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ बर्खेपाटीमा चोरी गर्न पुगेका थिए। खेतमा पानी लगाउने मोटर चोरी गर्दै गर्दा उनी समातिए। त्यसपछि मोटर धनी लगायत केही मानिसले उनलाई कुटपिट गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

कुटपिट गरेपछि उनीहरूले प्रहरीलाई चोरी गर्दै गर्दा मानिस समातिएको भन्दै खबर गरेका थिए। महानगरीय प्रहरी प्रभाग व्यासीबाट प्रहरीको टोली घटनास्थल पुग्दा गुरुङ घाइते अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए। घाइते युवकको नाकबाट रगत बगेको र मदिराको गन्ध आइरहेको प्रहरीले जानकारी दिएको छ।

हत्याको अभियोगमा प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिकाका टेकबहादुर केसी, नवीन कोजु, विनोद लाख, कमल खत्री, सनिस कुमार रायलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। मृतकका आफन्त भने अझै सम्म प्रहरी सम्पर्कमा आएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell