PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

आयल निगम बाहिर अनेरास्ववियूको धर्ना, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

आयल निगम बाहिर अनेरास्ववियूको धर्ना, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सरकारले पेट्रोलको मुल्य बढाएको विरोधमा अनेरास्ववियूका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।

बबरमहलस्थित नेपाल आयल नियमको कार्यालय बाहिर विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै धर्ना दिएका हुन्।

नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell