PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

त्रिचन्द्र अगाडि प्रहरी र प्रदर्शनकारी बिच झडप

त्रिचन्द्र अगाडि प्रहरी र प्रदर्शनकारी बिच झडप

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा उत्रिएका नेविसंघमा आवद्ध विद्यार्थीहरु र प्रहरी बिच झडप भएको हो। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा तथा इट्टा प्रहार गरेपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो।

नेपाल आयल निमगले आइतवार राति १२ बजेबाट लागू हुनेगरि पेट्रोलको मूल्य बढाएको थियो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell