PahiloPost

Jul 4, 2025 | २० असार २०८२

काठमाडौं प्रवेश गर्न एन्टीजेन परीक्षण गर्नुपर्ने, रिजल्ट नेगेटिभ भए पनि लक्षण देखिए पीसीआर अनिवार्य



पहिलोपोस्ट

काठमाडौं प्रवेश गर्न एन्टीजेन परीक्षण गर्नुपर्ने, रिजल्ट नेगेटिभ भए पनि लक्षण देखिए पीसीआर अनिवार्य

काठमाडौः काठमाडौं प्रवेश गर्ने प्रत्येक नाकामा अबदेखि कोभिड १९ को एन्टीजेन परीक्षण हुने भएको  छ। आज काठमाडौँ जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समितिको बैठकले परीक्षणको लागि प्रत्येक नगरपालिकाले डेस्क राख्ने निर्णय गरेको हो। परीक्षणको लागि आवश्यक पर्ने सामाग्री भने जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने भएको छ।

त्यस्तै एन्टीजेन परीक्षणमा नेगेटिभ देखिए पनि लक्षण भने देखिएमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिने बैठकले निर्णय गरेको छ। प्रत्येक नगरपालिका र महानगरपालिकाले एक एक वटा आइसोलेसन र क्वारेन्टाइन संचालन गर्न र पहिले संचालनमा आएकालाई पुनःसंचालनमा ल्याउन समेत निर्णय भएको छ।

स्वास्थ्य कार्यालय, नगरपालिका, सुरक्षा निकाय लगायतलाई कोभिड सम्बन्धी जनचेतना प्रचार प्रसार र  सरकारको स्वास्थ्य मापदण्ड पालना नगरे कारबाही गर्ने समेत निर्णय गरिएको छ।

चीन सरकारले उपलब्ध गराएको कोभिड विरुद्धको खोप चैत २५ गतेबाट लगाउन सुरु गर्ने  र पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका चीनमा अध्ययन गर्ने विद्यार्थी, चिनियाँ सामग्रीको नेपाली व्यापारी, होटेल,इन्टरनेटमा कार्यरत कर्मचारी, काठमाडौंभित्रका विद्यालयमा कार्यरत शिक्षक शिक्षिकालाई लगाउन सरोकारवालासँग समन्वय गरिने निर्णय समेत गरिएको छ।

त्यस्तै, सार्वजनिक स्थानमा गरिने कार्यालयमलाई स्थगित गर्ने र गर्नैपर्ने कार्यक्रमहरुलाई सरकारको मापदण्ड पालना गरेर गर्नुपर्ने निर्णय गरिएको छ।

पछिल्लो समय भारतमा कोभिड संक्रमितको सङ्ख्या बढेसँगै नेपालमा पनि यसको जोखिम बढेर गएको छ। अहिले दैनिक १५० जना भन्दा बढी कोभिड संक्रमित थपिरहेका छन्। पीसीआर परीक्षणको दर कम तर संक्रमितको सङ्ख्या उच्च दरले वृद्धि भएको देखिएको छ। काठमाडौंमा मात्र दैनिक ५० जना भन्दा बढीमा संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell