PahiloPost

May 15, 2026 | १ जेठ २०८३

कोभिड संक्रमितको सङ्ख्या ह्वातै बढ्यो, २४ घण्टामा २ सय ६६ जना थपिए



पहिलोपोस्ट

कोभिड संक्रमितको सङ्ख्या ह्वातै बढ्यो, २४ घण्टामा २ सय ६६ जना थपिए

काठमाडौंः पछिल्लो २४ घण्टामा २ सय ६६ जनामा कोभिड १९ सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार २ सय ६६ जनामा कोभिड पोजेटिभ देखिएको छ। हिजो तुलनामा यो झन्डै १ सय जनाले बढी हो।

१ सय २ जना भने कोभिड सङ्क्रमण मुक्त भएका छन्। २४ घण्टाको अवधिमा ४ जना कोभिड संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

अहिलेसम्म देशभर २ लाख ७८ हजार २ सय १० जनामा कोभिड पोजेटिभ देखिएको छ। ३ हजार ३६ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै २२ लाख ८९ हजार ८ सय २४ जनाको पिसिआर परीक्षण गरिएको छ। देशभर सङ्क्रमण बढेकाले काठमाडौं प्रवेश गर्ने प्रत्येक नाकामा अबदेखि कोभिड १९ को एन्टीजेन परीक्षण हुने भएको  छ।

आज काठमाडौँ जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समितिको बैठकले परीक्षणको लागि प्रत्येक नगरपालिकाले डेस्क राख्ने निर्णय गरेको हो। परीक्षणको लागि आवश्यक पर्ने सामाग्री भने जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने भएको छ।

छिमेकी राष्ट्र भारतमा गएको २४ घण्टा १ लाख भन्दा बढी मानिसमा कोभिड देखिन थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell