PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ललितपुर मेयर महिला च्याम्पियनसिप: लुम्बिनीलाई हराउँदै प्रदेश १ को पहिलो जित



पहिलोपोस्ट

ललितपुर मेयर महिला च्याम्पियनसिप: लुम्बिनीलाई हराउँदै प्रदेश १ को पहिलो जित

काठमाडौं: ललितपुर मेयर महिला च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीलाई १० विकेटले हराउँदै प्रदेश १ ले प्रतियोगितामा पहिलो जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको प्रदेश १ ले १३.२ ओभरमा निर्धारित लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङमा उत्रिएको लुम्बिनीका लागि सरस्वती मगरले अर्धशतकीय पारी खेल्दै सर्वाधिक अभिजित ५० रन जोडिन्। त्यस्तै कप्तानी नेरी थापाले अभिजित २० र नितु भण्डारीले १८ रन बनाइन्। प्रदेश १ का लागि सबनम राईले १ विकेट लिइन्।

१०५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १३.२ ओभरमा बिना कुनै विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो। प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६८ रन बनाउँदा काजल श्रेष्ठले २५ रन बनाए।

जारी प्रतियोगितामा प्रदेश १ को यो पहिलो जित हो। पहिलो खेलमा प्रदेश १ एपीएफसँग पराजित भएको थियो। त्यस्तै लुम्बनीको यो लगातार दोस्रो हार हो। यसअघिको खेलमा लुम्बिनी ललितपुर मेयर ११ सँग पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell