PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फिल्म ‘क्रसरोड्स-कथा तिम्रो र मेरो’को छायांकन शुरु



पहिलोपोस्ट

फिल्म ‘क्रसरोड्स-कथा तिम्रो र मेरो’को छायांकन शुरु

काठमाडौं : अर्विन्द राज गुरुङको निर्देशन रहेको फिल्म ‘क्रसरोड्स-कथा तिम्रो र मेरो’को छायांकन शुरु भएको छ। अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको फिल्ममा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ।

विभिन्न गुरुङ भाषाको फिल्ममा अभिनय गरे पनि नेपाली फिल्म ‘कबड्डी’मा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले फिल्मको कथा मन परेकोले आफूले ‘क्रसरोड्स-कथा तिम्रो र मेरो’मा अभिनय गर्न लागेको बताइन्।

निरेम प्रोडक्सन कुवेत र सुप्रिया तामाङको सहयोग रहेको फिल्ममा चञ्चल थापाको छायांकन र रेनिस फागोको कलर ग्रेडिङ रहनेछ। रियालिटी शो ‘द भ्वाइस अफ नेपालमा’ सहभागी भएकी यान्की योल्मोको पनि फिल्ममा स्वरसँगै अभिनय रहनेछ।

फिल्मको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुने समेत निर्माण टिमले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell