PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावको तयारी हुँदै गर्दा अधिवेशन अन्त्य गर्ने लुम्बिनी सरकारको निर्णय



पहिलोपोस्ट

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावको तयारी हुँदै गर्दा अधिवेशन अन्त्य गर्ने लुम्बिनी सरकारको निर्णय

बुटवल : लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए।

आज बसेको बैठकले कर सम्बन्धी निर्णय पनि पारित गरेको छ। मन्त्री चौधरीले बिजनेस नभएका कारणले प्रदेशसभाको अधिवेशन अन्त्य गर्नु परेको बताए। सरकारको निर्णय अनुसार मंगलवार राति १२ बजेदेखि बैठक अन्त्य हुने  छ। भोलि दिउँसो भने सदन चल्ने छ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन गरेको अवस्थामा प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो। लुम्बिनी प्रदेश एमाले र माओवादीको संयुक्त सरकार बनेपनि पार्टी एकता नभएपछि मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्तावको तयारी भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell