PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

सरकारी विद्यालयमा अध्ययनरत ५५० विद्यार्थीलाई पाकिस्तानी दूतावासको छात्रवृत्ति



पहिलोपोस्ट

सरकारी विद्यालयमा अध्ययनरत ५५० विद्यार्थीलाई पाकिस्तानी दूतावासको छात्रवृत्ति

काठमाडौं : नेपालस्थित पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ। दूतावासले सोमवार एक कार्यक्रमको आयोजना गरी पाँच सय पचास जना विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो।

नेपाली सरकारी विद्यालयमा अध्ययन गरिरहेका जेहेन्दार विद्यार्थीहरुलाई प्रति विद्यार्थी १० हजारको दरले छात्रवृत्ति हस्तान्तरण गरिएको छ। विद्यार्थीको पढाइमा सघाउ पुगोस् भनेर दूतावासले हरेक वर्ष छात्रवृत्ति दिँदै आएको छ।

कार्यक्रममा राजदूत शैयद हैदर शाहले छात्रवृत्ति सहयोग जस्तो कार्यक्रमले नेपाल र पाकिस्तानी सरकारको सम्बन्ध जनताको तहमा पुग्ने विश्वास लिइएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell