PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जुसमा नशालु पदार्थ मिसावट गरी लुटपाट गर्ने एक जना पक्राउ



पहिलोपोस्ट

जुसमा नशालु पदार्थ मिसावट गरी लुटपाट गर्ने एक जना पक्राउ

काठमाडौं : जुसमा नशालु पदार्थ मिसावट गरी लुटपाट गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचौक गढी नगरपालिका वडा नम्बर ६ घर भई हाल भक्तपुर ढुन्चेपाखा हाईट बस्ने ३५ वर्षीय अर्जुन बहादुर केसी रहेका छन्।

केसी जग्गाको काम गर्ने तथा पिसहोम नेपाल सुधार केन्द्र बनेपा पनौतिमा कार्यरत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनलाई प्रहरीले सुन्धाराबाट पक्राउ गरेको हो।

उनले विगत २ वर्षदेखि काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाँउहरुमा जुसमा नशालु पदार्थ मिसावट गरी अचेत पारेर धनमाल लुटपाट गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell