PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘पल पल’को म्युजिक भिडियोमा भुवन र शिशिरसँगै तारा



पहिलोपोस्ट

‘पल पल’को म्युजिक भिडियोमा भुवन र शिशिरसँगै तारा

काठमाडौं : गीतकार तारा अधिकारीले निर्देशन गरेको ‘पल पल’ बोलको गीत रिलिज भएको छ। सोमवार काठमाडौंमा आयोजित कार्यक्रमका बीच रिलिज गरिएको गीतमा तारा अधिकारीकै शब्द रचना रहेको छ। गैरे शुरेषले संगीत भरेको गीतमा प्रताप दासले स्वर भरेका छन्।

भिडियोमा तारासँगै नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्द र शिशिर भण्डारीको अभिनय रहेको छ। शिव ढकालले छायांकन गरेको भिडियोको गीतका एरेन्जर राजन ईशान हुन्।

वरिष्ठ अभिनेत्री भुवन थापा चन्द, चलचित्र निर्देशक रमेश थापा र गीतकार तारा अधिकारीको संयुक्त कम्पनी चन्द्र विनायक फिल्म प्रोडक्शनले भिडियो निर्माण गरेको हो। भुवन चन्दले कोरोना कहरबीच आफू तत्काल सिनेमाको मुडमा नरहेको र यो समयमा केही म्युजिक भिडियोहरुको लागि समय दिएको बताइन्।

त्यसैगरि, अभिनेता शिशिर भण्डारीले गीत राम्रो लागेर आफूले भिडियोमा काम गरेको बताए। रियल लाईफमा डाक्टर बन्ने चाहना रहेको बताउने उनले म्युजिक भिडियोमा त्यो सपना पूरा भएको समेत बताए। यो भिडियोमा भण्डारी मेडिकल डाक्टरको भूमिकामा छन्।

भिडियोकी निर्देशक, गीतकार तथा अभिनेत्री अधिकारीले आफ्ना राम्रा गीतहरुमा आफूले नै मेहनत गर्ने उद्देश्यले यो भिडियो बनाएको बताइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell