PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नेकपा एमालेको किचलो अखिलमा पनि : ऐन महरले हटाए नेपाल समूहका ३ विद्यार्थी नेता



पहिलोपोस्ट

नेकपा एमालेको किचलो अखिलमा पनि : ऐन महरले हटाए नेपाल समूहका ३ विद्यार्थी नेता
पेट्रोलिय पदार्थ मूल्य वृद्धिको विरोधमा उत्रिएको सुदेश नेतृत्वको अखिल।

काठमाडौं : नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले माधव नेपाल समूह निकट विद्यार्थीलाई कारवाही गरेको छ।

समानान्तर कमिटी बनाएको भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट विद्यार्थी नेताहरुले नेपाल समूहकालाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए। अध्यक्ष ऐन महरले विज्ञप्ति जारी गर्दै सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य नरहने गरी निष्कासन गरेका हुन्।

'संगठनको निर्देशनलाई अटेर र घोर अपमान गरी स्पस्टिकरण नदिएकाले उहाँहरु लाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ,' विज्ञप्तिमा उल्लेख छ।

नेपाल समूहका नेताहरुले चैत १० गते राजधानीमा भेला गरेर सुदेश पराजुलीको नेतृत्वमा समानान्तर कमिटी गठन गरेको थियो। उक्त भेलामा सहभागी नहुन भन्दै ऐन महरले विज्ञप्ति जारी गरेको भए पनि नेपाल समूहका विद्यार्थी नेताले संगठनको निर्देशनलाई उल्लंघन गरेका थिए।

सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई अलग गरेपछि पार्टी एकीकरणको अवस्थामा फर्कनुपर्ने भन्दै नेपाल समूहले माग गरेको भए पनि ओलीले पेलेरै जाने रणनीति बनाएका छन्प। त्यसको असर केन्द्रदेखि जनवर्गीय संगठनमा पनि परिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell