PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ललितपुर मेयर ११ माथि सानदार जित निकाल्दै एपीएफ फाइनलमा



पहिलोपोस्ट

ललितपुर मेयर ११ माथि सानदार जित निकाल्दै एपीएफ फाइनलमा
तस्बिर: क्यान

काठमाडौं: ललितपुर मेयर वुमन्स च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर मेयर ११ लाई हराउँदै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले १० विकेटको सानदार जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनाएको थियो। ललितपुरका लागि कञ्चन श्रेष्ठले सर्वाधिक १७ रन बनाइन्। त्यसबाहेक सन्तोषी चौधरीले अभिजित १३ रन बनाउँदा कप्तान सरस्वती कुमारीले १२ रन जोडिन्। बलिङतर्फ एपीएफकी बिनु बुढाले सर्वाधिक ४ विकेट लिँदा रेखा रावलले २ र सुमन विष्ट, रेखा रावल र सीता रानामगरले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफले ९.१ ओभरमा बिना कुनै विकेटको क्षति लक्ष्य पुरा गर्‍यो। एपीएफका लागि राजमती ऐरी र इन्दु बर्माले अभिजित रहँदै क्रमश ३३ र २८ रन जोडे।

जितसँगै लगातार तीन खेलमा जित निकालेको एपीएफले एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको छ। आजै हुने अर्को खेलमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिडदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell