PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

झापाको गौरादहबाट जुवा खेलिरहेको अबस्थामा ९ जना समातिए



पहिलोपोस्ट

झापाको गौरादहबाट जुवा खेलिरहेको अबस्थामा ९ जना समातिए

दमकः जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट प्रहरीले नौ जना जुवाडेलाई पक्राउ गरेको छ।

गौरादह नगरपालिका  ३ का भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद रु ६९ हजार ४२० सहित नौ जनालाई नियन्त्रणमा लिएको हो।

यसरी पक्राउ पर्नेमा गौरादह– २ का  ३२ वर्षीय निर्मल थापा, सोही वडाका ३५ वर्षीय अङ्कित कार्की, गौरादह ३ का ३८ वर्षीय सुरेश भण्डारी, सोही वडाका ४६ वर्षीय भक्तबहादुर बर्देवा, गौरादह– ४ का ३६ वर्षीय मोहन खरेल, कनकाई नगरपालिका–३ बस्ने वर्ष ४० का रामप्रसाद खतिवडा, सोही ठाउँ बस्ने वर्ष ४२ को ईश्वर खतिवडा, ४६ वर्षीय बिष्णुप्रसाद उप्रेती र दमक नगरपालिका–७ का ३८ वर्षीय नीरबहादुर सुनुवार रहेका छन्।

उनीहरुको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell