PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

कलाकार दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक गरेर पैसा मागेको अभियोगमा १४ वर्षीय बालक समातिए



पहिलोपोस्ट

कलाकार दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक गरेर पैसा मागेको अभियोगमा १४ वर्षीय बालक समातिए

काठमाडौंः कलाकारको फेसबुक ह्याक गरेर रकम मागेको अभियोगमा प्रहरीले एक बालकलाई नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीको साइवर ब्युरोको टोलीले पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ५ बस्ने १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएको हो। पर्सा प्रहरीको सहयोगमा बालकलाई नियन्त्रणमा लिएको ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए।

'अभियुक्त नाबालक हुन्। उनले विभिन्न लिङ्कबाट ह्याक गरेको देखियो। थप अनुसन्धान भइरहेको छ,' एसएसपी अर्यालले भने।

कलाकार दिपाश्री निरौला र सरोज खनालले आफ्नो फेसबुक ह्याक भएको भन्दै केही समयअघि ब्युरोमा निवेदन दिएका थिए।

अभियुक्त बालकले विभिन्न कलाकारको फेसबुक ह्याक गरेर फेसबुकमा जोडिएका साथीहरूसँग पैसा माग्ने गरेको उजुरी परेको प्रहरीले जानकारी दिएको छ। विद्युतीय कारोबार ऐन २०६३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell