काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ सय ६० जनामा कोभिड १९ पोजेटिभ देखिएको हो। यही अवधिमा १ सय १३ जना सङ्क्रमण मुक्त भएका छन्। २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ।
अहिलेसम्म देशभर २ लाख ७८ हजार ४ सय ७० जनामा कोभिड सङ्क्रमण पुष्टी भइसकेको छ। त्यस्तै ३ हजार ३६ जना संक्रमितको मृत्यु समेत भएको छ। अहिलेसम्म २२ लाख ९४ हजार ६७ जनाको पिसिआर परीक्षण भएको छ।
