PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त



पहिलोपोस्ट

प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त

बुटवलः लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन्।

प्रदेश सभाको मङ्गलवारको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन्।

दधिराम न्यौपाने रुपन्देही क्षेत्र नम्बर १  र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेश सभा सदस्य थिए। नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको जानकारी तथा प्रदेश सभा संसदीय दलको निर्णयको पत्र सचिवालयमा प्राप्त भएको जानकारी गराएका थिए।

‘प्रदेश सभाको नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ भन्ने व्यवस्था अनुसार माननीय सदस्य श्री दधिराम न्यौपाने र माननीय सदस्य श्री दिनेश पन्थीको प्रदेश सभा सदस्य पद आजका मितिबाट रिक्त रहने व्यहोरो सम्मानित सभालाई जानकारी गराउँछु।’सभामुख घर्तिले प्रदेश सभालाई जानकारी गराउँदै भने।

दुई जनाको पद रिक्त रहेको घोषणा गरेसँगै चालु संसद्को अधिवेशन पनि अन्त भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell