
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष अघि भनेका थिए - 'नेपालमा बिरुवा रोपेर मरुभूमिमा अक्सिजन पठाउनुपर्छ।'
त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई सिरियस्ली लिनु आफैँमा समस्या हो। भन्न र गर्न बाँकी त उनले के नै राखेका छन् र ! अब उनको क्याबिनेटका वातावरण मन्त्री उनीभन्दा कम हुने कुरा भएन। उनले पनि कम्ता हँसाएका छैनन् नेपालीलाई। ह्याप्पिनेस रिपोर्टमा नेपाल माथितिर उकालो लाग्नुमा प्रधानमन्त्रीदेखि उनका मन्त्रिमण्डलका सबै सदस्यको योगदान छ।
अब यतिखेर नेपाल चर्चित छ - प्रदुषित वायुका कारण। अब यो प्रदुषित वायुको परीक्षण नगर्ने हो भने कसैले प्रश्न गर्थेन क्यार! त्यसैले मन्त्रीजीलाई नै सुझाव - यो र त्यो भन्दै हावा प्रदुषण गर्ने मेसिन र मोबाइल एपमै प्रतिबन्ध ठोक्दिम्। क्याबिनेटमा ठेल्दिम यो विषय। किनकि न रहे बाँस, न बजे बाँसुरी। कि कसो