PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आत्मालोचना गर्न रुकुम पुगेका प्रचण्डको हुँकार : मलाई कमजोर भयो भन्ने? मसँग ताकत छ, फेरि पनि सरकार कब्जा गर्ने ठाउँमा पुग्नेछौं



पहिलोपोस्ट

आत्मालोचना गर्न रुकुम पुगेका प्रचण्डको हुँकार : मलाई कमजोर भयो भन्ने? मसँग ताकत छ, फेरि पनि सरकार कब्जा गर्ने ठाउँमा पुग्नेछौं

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जाली फटाहाले प्रतिक्रान्ति बढाउने षडयन्त्र गरेको आरोप लगाएका छन्।

३२ औं जनआन्दोलन दिवसका अवसरमा रूकुम पश्चिममा आयोजित जन प्रशिक्षण कार्यक्रममा प्रचण्डले उनले रुकुमबाट आफूलाई उर्जा मिलेको बताए। 'बिजुली ट्रान्समिसन भएजस्तो। तपाईबाट मभित्र उर्जा भरियो। मलाई शक्ति प्राप्त भयो,' उनले भने।

देश भित्र बाहिरबाट अनेक षडयन्त्र भइरहेको आरोप लगाउँदै उनले आफू त्यसका विरुद्ध लडेको लडिरहेको बताए।  उनले सरकारले प्रतिगमन गरेको भन्दै सरकारलाई खबरदारी गर्ने बताए। 'सिंहदरबारमा बसेर प्रतिगमन गर्ने सरकारलाई खबरदार भन्न चाहन्छु,' उनले भने।

उनले आफूलाई राजनीतिक रुपमा कमजोर आंकलन गरिएको भन्दै कमजोर नठान्न चुनौती दिए। आफूलाई जनता, कार्यकर्ता र नेताको ठूलो साथ रहेको प्रचण्डको दाबी छ। उनले आफू अहिले पनि निकै शक्तिशाली भएको दाबी गरे। 'प्रचण्ड कमजोर भइसक्यो भन्न खोजिँदैछ। यो गणतन्त्र उल्ट्याइदिए हुन्छ भन्ने केहीँ केहीँले भनिरहेका छन्। मसँग ताकत छैन भन्ने सोचेका छन्। मसँग शक्ति छ। जनता कार्यकर्ता र नेता छन्,' उनले भने।

प्रचण्डले अब धेरै समय जिल्लामा र थोरै समय मात्रै काठमाडौंमा बिताउने बताए। उनले रुकुमका केही गाउँहरु घुम्न चाहेको बताए। 'म पालिका पालिकामा जान चाहेको छु। कृषिको विकास गरेर समृद्धि गर्न थालिएको छ र अर्को सांस्कृतिक जागरण गर्न खोजिएको छ,'उनले भने।

आफू आत्मालोचना गर्न रुकुम आएको प्रचण्डको भनाइ छ। चुनावमा आफूलाई मार्न खोज्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेको प्रचण्डको स्वीकारोक्ति छ। 'सायद मैले गल्ती गरे। चुनावमा केही सक्नेले मात्रै बाँचेको मेराबिरुद्ध बम पड्काएकालाई स्थायी कमिटीमा राखे। गृहमन्त्री बनाइदिए। मैले गल्ती गरे। म त्यो आत्मालोचना गर्न आएको हो। म अब त्यसो गर्दिन। युद्ध र आन्दोलनमा लागेका जनतालाई नै अगाडि बढाउन चाहन्छु,' प्रचण्डले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशलाई प्रतिक्रान्तिमा लिन खोजेको प्रचण्डको आरोप छ। अहिले आफू नयाँ सरकार गठनको छलफलमा भएको बताए। उनले जनताको बिचमा गएर सरकार कब्जा गर्ने बताए।

'अहिले पनि हामी नयाँ सरकारको छलफलमा छौं। अब हामी फेरि जनताको साथमा गएर सरकार कब्जा गर्ने ठाउँमा पुग्ने छौं,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell