PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

२० लाख लगानीमा ७२ घण्टामा शुटिङ सकिएको फिल्म 'श्री', राहतको स्वरुप बनाएको निर्माताको भनाइ



पहिलोपोस्ट

२० लाख लगानीमा ७२ घण्टामा शुटिङ सकिएको फिल्म 'श्री', राहतको स्वरुप बनाएको निर्माताको भनाइ

निर्माता सबिता गुरुङले फिल्म 'श्री' राहतको रुपमा बनाएको बताएकी छिन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै निर्माता गुरुङले कोरोनाले सनाटा छाएको बेला सबैलाई राहत दिन एउटा सानो प्रयास गरेको जानकारी दिएकी हुन्।

'कोरोनाको बेला सहयोग गर्न भनि प्राविधिकहरुलाई राहत दिन गएका थियौँ। प्राविधिकहरुले हामीलाई राहतभन्दा पनि काम दिनुहोस् भनेपछि सल्लाह गरेर 'श्री' बनाएका हौँ। उहाँहरुले नै श्री बनाउन हिम्मत दिनुभएको हो। साथै सबै कलाकारहरुले समेत निकै सहयोग गर्नुभएको छ। यो फिल्मले हललाई समेत राहत दिनेछ,' उनले सुनाइन्।

एभरेष्ट सूर्य बोहराको निर्देशन रहेको फिल्ममा सन्दिप क्षेत्रीले मुख्य भूमिकामा अभिनय गरेका छन्। साथै वर्षा शिवाकोटी, बुद्धि तामाङ, बसुन्धरा भुषाल, राजाराम पौडेल, रवीन्द्र झा र सबिता गुरुङ लगायतको भूमिका रहेको छ।

फिल्मको कथा भने फिल्म 'श्री' चैत्र २७ देशैभर रिलिज हुने छ। ओटीटीमा भने ‘मोमो स् म्यूजिक एन्ड मुभि, भिडियो पसल र सिनेमा घर ५५५’ मा फिल्म एकसाथ रिलिज हुनेछ। फिल्मको कथा लेखनमा निर्देशक बोहरालाई शिवम् अधिकारीले सघाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell