PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

काठमाडौं महानगरलाई नागरिक अभिनन्दन : उपप्रम पोखरेलले भने 'दुई/तीन वर्षमा नेपालभाषामा सम्बोधन गर्छु'



पहिलोपोस्ट

काठमाडौं महानगरलाई नागरिक अभिनन्दन : उपप्रम पोखरेलले भने 'दुई/तीन वर्षमा नेपालभाषामा सम्बोधन गर्छु'

काठमाडौं : काठमाडौं महानगरभित्र स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू गरेको उपलक्ष्यमा काठमाडौं महागरपालिकलाई नागरिक अभिनन्दन गरिएको छ।

नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाले वसन्तपुरमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा महानगर प्रमुख विद्या सुन्दर शाक्य, उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई अभिनन्दन गरियो। नागरिक अभिनन्दन अघि न्यूरोड गेटबाट मरु, असन, इन्द्रचोक हुँदै वसन्तपुर सम्म र्याली निकालिएको थियो।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले महानगरपालिका, मेयर, उपमेयर लागि अभिनन्दन पत्र प्रदान गरे। महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अभिनन्दन पत्र ग्रहण गरे।

कार्यक्रममा संविधान गर्दै उपप्रधानमन्त्री पोखरेलले महानगरले संविधानले दिएको अधिकारको सदुपयोग गर्दै स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू गरेकोमा प्रशंसा गरे। यो पाठ्यपुस्तकबाट नेपालभाषा अझै समृद्ध हुने उनले बताए।

'यो सह्रानीय काम हो। यसबाट अन्य स्थानीय तहहरुले पनि भाषा संरक्षणमा अघि बढ्न सहयोग हुनेछ' उनले भने।

नेपालभाषामा पाठ्यक्रम लागू यसअघि नै गर्नुपर्नेमा अहिले ढिला भए पनि राम्रो सुरुवात भएको उनले बताए। नेपालीमा सम्बोधन गरेका उनले आउने दुई/तीन वर्षमा आफूले वसन्तपुरमै उभिएर नेपाल भाषा मै सम्बोधन गर्ने उद्घोष गरे।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले महानगपालिकाले भाषाको स्रोतलाई नै केन्द्रीत गरेर पाठ्यपुस्तक तयार पारेको भन्दै अब व्यवहारिक रूपमा लागू हुनुपर्ने बताए। स्थानीय सरकारलाई भाषा संरक्षणमा केन्द्र सरकारले सहयोग गर्ने समेत उनले बताए।

कार्यक्रममा विभिन्न संघसंस्थाहरुले पनि मेयर र उपमेयरको अभिनन्दन गरेका थिए।

अभिनन्दन ग्रहण गर्दै मेयर शाक्यले यो पाठ्यक्रम नेपाल भाषालाई लागू गर्न नभई महानगपालिकाभित्र बस्ने सबैलाई व्यवहारिक शिक्षा दिन लागू गरिएको बताए।

'हामीलाई बाहिरको सबै थाहा हुन्छ तर आफ्नै बारेमा थाहा हुन्न। काठमाडौंमा बसेर यहाँको संस्कृति, भाषा लगायत बारेमा थाहा पाउन यो लागू गरिएको हो। अब सबै मिलेर यसलाई सफल बनाउन पर्छ।'

उपमेयर हरीप्रभा खडकी श्रेष्ठले नेपाल भाषामा पाठ्यक्रम लागू गर्न खोज्दा धेरै विवाद समेत आएको भन्दै नेपालभाषा सबैको भाषा भएको ले यसलाई एउटा समुदायमा मात्र केन्द्रीत गर्न नहुने बताइन्।

नेपाल भाषा आन्दोलनमा अग्र भूमिका रहेर नेतृत्व गरेका नेपालभाषा मंका: खलः का अध्यक्ष एवम् जनकवि दुर्गालाल श्रेष्ठले आफू जिउँदै हुँदा यस्तो अवसरमा सहभागी हुन पाउँदा आफू निकै हर्षित भएको बताए।

काठमाडौं महानगपालिकाले यहीँ शैक्षिक सत्रबाट कक्षा एकबाट आठसम्म नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell