PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

प्रदेशका पूर्वमन्त्री दुलालमाथि एमाले ‘कार्यकर्ता कुटेको’ आरोप, घटनाबारे प्रतिक्रिया, ‘सहकारीका अध्यक्षलाई सोध्नुस्’



पहिलोपोस्ट

प्रदेशका पूर्वमन्त्री दुलालमाथि एमाले ‘कार्यकर्ता कुटेको’ आरोप, घटनाबारे प्रतिक्रिया, ‘सहकारीका अध्यक्षलाई सोध्नुस्’

नेकपा (एमाले) ले वागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालले आफ्ना कार्यकर्तामाथि हातपात गरेको आरोप लगाएको छ। एम्बुलेन्स हस्तान्तरणसम्बन्धी एक कार्यक्रमको प्रमुख अतिथि कसलाई बनाउने भन्ने विवादमा दुलालले आफ्ना कार्यकर्तामाथि हातपात गरेको आरोप एमाले सिन्धुपाल्चोकले लगाएको छ।

मेलम्ची खानेपानी विकास समितिको सहयोगमा प्राप्त एम्बुलेन्स स्थानीय पोखरे साना किसान कृषि सहकारीलाई हस्तान्तरणका क्रममा सो विवाद भएको हो।

एमालेले आफ्ना जिल्ला कमिटी सदस्य विष्णुमणि आचार्य तथा इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रममा कार्यरत अशोक कोइरालामाथि हातपात भएको आरोप लगाएको हो। दुलालसहितको टिमको आक्रमणबाट कोइरालाको आँखामा चोट लागेको जारी विज्ञप्तिमा उल्लेख छ।

घटनाबारे दुलालले भने प्रतिक्रिया दिन चाहेनन्। पहिलोपोस्टको जिज्ञासामा उनले भने, 'सहकारीका अध्यक्षलाई सोध्नुस्।'

कृषि सहकारीका अध्यक्ष दीपक न्यौपानेले सामाजिक सञ्जालमा घटनाबारे स्पष्‍टीकरण दिएका छन्। न्यौपानेले वास्तविकता नबुझी घटनालाई अतिरञ्जित गरिएको टिप्पणी गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell