PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

लिभरपुलमाथि रियल मड्रिडको जित



पहिलोपोस्ट

लिभरपुलमाथि रियल मड्रिडको जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब लिभरपुलमाथि जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा घरेलु टोलीले लिभरपुलमाथि ३-१ गोलअन्तरले जित निकालेको हो।

रियल मड्रिडको जितमा भिनिसियस जुनियरले दोहोरो गोल गरे। खेलको २७ औं मिनेटमा टोनी क्रुसको पास जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यस्तै ३६ औं मिनेटमा मार्को एसेन्सिओले गोल गर्दा पहिलो हाफमा रियल मड्रिड दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा लिभरपुलका मोहम्मद सलाहले गोल फर्काए। उनले खेलको ५१ औं मिनेटमा गोल गर्दै टीमलाई खेलमा फर्काउन चाहे पनि त्यो पर्याप्त बन्न सकेन। उता रियलका लागि भिनिसियस जुनियरले नै ६५ औं मिनेटमा लुका मोड्रिचको पासमा गोल थपे। र, क्वाटरफाइनलमा पहिलो लेगको खेलमा रियल ३-१ ले अघि रह्यो। रियल र लिभरपुलबीचको दोस्रो लेगको खेल अप्रिल १५ मा लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell